Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हर्कपुरमा एमालेको संकल्प यात्राको तयारी पूरा



हर्कपुर : नेकपा एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका लागि हर्कपुरमा हुने  आमसभाको तयारी पुरा भएको छ।

पार्टी अध्यक्ष केपी ओलीसहितका नेताहरुलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट नेता कार्यकर्ता घुर्मीमा भेला भइरहेका छन् ।

एमालेले सभाको लागि गाउँगाउँबाट करिव १५ हजार मानिस उतार्ने एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए ।

सभाका लागि युवा तथा जनसंगठनको स्वयंसेवक टोली परिचालन गरिएको छ । कार्यक्रम स्थलमा हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

मंसिर १४ गतेबाट सुरु भएको अभियान आजबाट कोशी प्रदेशमा प्रवेश गर्नेछ । कोशीमा आजबाट सुरुमा भएको अभियान पुस २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार