Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झुलाघाट–चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न पहिचानवादीलाई एमालेको आग्रह



विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टीले शुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा अवरोध नगर्न पहिचानको आन्दोलन गरिरहेका आन्दोलनकारीहरूलाई आग्रह गरेको छ

शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै एमालेले कोशी नामकरणसँग असन्तुष्ट पक्षलाई आफूहरुको अभियानलाई अवरोध नगर्न अनुरोध गरेको हो ।

मंसिर १४ गतेबाट सुरु भएको अभियान मंसिर २६ गतेबाट कोशी प्रदेशमा प्रवेश गर्नेछ । तर, एमालेको यो अभियानलाई अवरोध गर्न पहिचान पक्षधरले सो क्षेत्रमा बन्दको घोषणा गरेका छन् ।

नेकपा एमालेका सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठले नामकरणको विषयमा सबै दल बसेर छलफल गर्ने कुरामा एमाले तयार रहेको बताए । एमालेका नेता कर्याकर्तालाई कुटपिट र अवरोध गरेर पहिचान प्राप्त नहुने भन्दै उनले कार्यक्रमलाई अवरोध नगर्न अनुरोध गरेका छन् ।

राष्ट्रिय अभियानलाई पहिचानवादीले अवरोध गर्नुपर्ने कुनै कारण नभएको उनको भनाइ छ ।

यस्तै एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले नामको विषयलाई लिएर एमालेलाई गाली र आक्रमण गर्न खोज्नु गलत भएको बताए । नामकरणको विषयको आन्दोलनलाई प्रदेश सभामा केन्द्रीत गर्न राईले आग्रह गरेका छन्। उ

राईले भने, ‘ दवाव मुलक आन्दोलन गर्ने भए कोशी प्रदेशमा सभामा केन्द्रीत गर्न अनुरोध छ ।’ समृद्धिको यात्रामा अवरोध नगर्न आग्रह गर्दै उनले पहिचानवादीसँग संवाद गर्न एमालेले तयार रहेको बताए ।

एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार मंसिर २६ गते पुस २ गते सम्म कोशी प्रदेशका ६ स्थानमा एमालेले सभा, छलफलको कार्यक्रम राखेको छ । कोशी प्रदेशमा उदयपुरको घुर्मी, तेर्हथुमको बसन्तपुर, र पाँचथरको फिदिममा सभा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार