Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरमा विभिन्न पार्टी परित्याग गरी एक दर्जनबढी एमालेमा प्रवेश



विराटनगर : उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको तयारी गर्न लिम्चुङबुङ गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका स्थानीय नेता एवम् साविक बलम्ता गाविसका उपाध्यक्ष हर्कबहादुर राईसहितका नेता एमालेमा प्रवेश गरेका हुन् । एमालेका युवा नेता राजकुमार राईलेका अनुसार टंक बहादुर मगर, बमबहादुर मगर, मानबहादुर मगर, शुक्रबहादुर मगर, दिलबहादुर कार्कीलगायतका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले पोलिटब्युरो सदस्य मञ्जु चौधरी, पोलिटब्युरो सदस्य पर्शराममेघी गुरुङ, केन्द्रीय सदस्य अम्बिका थापा, प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझी, कोशी प्रदेश सांसद गीता रेग्मी, एमाले जिल्ला अध्यक्ष परमेश्वर घिमिरे , प्रदेश कमिटी सदस्य देवराज राईलगायतले पार्टीमा स्वागत गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार