Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कृषि सहकारी इटहराको अध्यक्षमा लिम्बू सर्वसम्मत



विराटनगर : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर- ९ इटहरामा रहेको कृषि सहकारी संस्थाको अध्यक्षमा प्रसादसिंह लिम्बू (मानबहादुर) सर्वसम्मत निर्वाचित भएका छन् ।

सहकारीको २२ औँ वार्षिक साधरणसभाबाट लिम्बू अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि पनि सहकारीको सञ्चालक समिति अध्यक्ष थिए ।

यस्तै उपाध्यक्षमा संगीता घिमिरे निर्वाचित भएकी छन् । घिमिरे पनि यसअघि लिम्बूको कार्यसमितिका उपाध्यक्ष थिइन् ।

समितिको सचिवमा रमेश बस्नेत, सहसचिवमा उर्गन तामाङ र कोषाध्यक्षमा युवराज कट्टेल सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका प्रमुख जीतबहादुर कटुवालले जानकारी दिए ।

लेखा तथा सुपरिवेक्षक समितिको संयोजकमा गोमादेवी न्यौपाने निर्वाचित भएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार