Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आफ्नै तागतमा एक्लै राष्ट्रियसभा निर्वाचन लड्न कांग्रेसलाई इन्द्र आङ्बोको चुनौती



विराटनगर : नेकपा माओवादी केन्द्रका नेता तथा कोशी प्रदेशसभा सदस्य इन्द्र आङ्बोले नेपाली कांग्रेसलाई राष्ट्रिय सभाको निर्वाचनमा आफ्नै तागतमा एक्लै चुनाव लड्न चुनौती दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत माओवादी कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका पूर्वमन्त्री आङ्बोले कांग्रेसलाई चुनौती दिएका हुन् ।

पछिल्लो समय कांग्रेस नेताहरुले एक्लै चुनाव लड्ने उद्घोष गरिरहेका बेला आङ्बोले नेताहरुलाई लक्षित गर्दै टिप्पणी गरेका छन् । उनले आफ्नै तागतमा चुनाव लड्ने निर्णय गर्न कांग्रेसलाई चुनौती दिएका छन् ।

आङ्बोले भनेका छन्, ‘किन ०८४ मा मात्रै? आसन्न माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा नै कांग्रेसले कसैसँग गठबन्धन नगरी आफ्नै तागतमा एक्लै निर्वाचन लड्ने निर्णय गरोस न हामी हृदय देखी नै स्वागत गर्नेछौं ।’

उनले भनेजस्तै आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले एक्लै निर्वाचन लड्ने हो भने उसलाई त्यति सहज छैन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार