Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उप्रेतीले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने



गणेश उप्रेती ‘शुशिल’

विराटनगर : नियुक्त भएको करिब एक महिनापछि कोशी प्रदेशका विनाविभागीय मन्त्रीहरुले मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्री बनेपछि चार जनालाई मन्त्री नियुक्त गरेका थिए । तर, मन्त्रिपरिषद् विस्तारमा असन्तुष्ट जनाउँदै नेकपा एमालेले मन्त्री फिर्ता बोलाएपछि प्रदेशमा अहिले तीन जना मन्त्री छन् ।

प्रदेशमा नेपाली कांग्रेसबाट शमशेर राई, नेकपा माओवादीबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमल जवेगु विनाविभागीय मन्त्री छन् । राई मुख्यमन्त्रीको सपथसँगै असोज २८ गते नियुक्त भएका थिए भने उप्रेती र जगेबु कार्तिक १७ गते नियुक्त भएका थिए ।

उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, राईले आन्तरिक मामिला तथा कानून मन्त्रालय र जवेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । स्रोतका अनुसार मन्त्रीहरुलाई विभागीय जिम्मेवारी दिन आज नै मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई सिफारिस गर्ने जनाइएको छ ।

पर्यटन मन्त्रालयको जिम्मेवारी पाउन लागेका उप्रेती मोरङ क्षेत्र नम्बर २ को प्रदेश १ बाट निर्वाचित भएका हुन् । उनी नेकपा माओवादी केन्द्रको प्रदेश समिति सचिव पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार