Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेको मध्यपहाडी अभियान : आज सिलगढीमा सभा हुँदै



काठमाडौँ : नेकपा एमालेको मध्यपहाडी लोकमार्ग विशेष अभियान अन्तर्गत आज दिपालयको सिलगढीमा सभा हुँदै छ ।

अभियानको दोस्रो दिन एमालेले सिलगढीमा सभा गर्न लागेको हो । हिजो वैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले झन्डा फहराएर अभियानको उद्घाटन गरेका थिए ।

पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गरिएको थियो । तेस्रो दिनको सभा भोलि मंगलसेनमा हुने एमालेले जनाएको छ ।

एमालेले डढेलधुराबाट पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रा सुरु गरेको हो । उसले यो अभियानलाई ‘समृद्धिका लागि समृद्धिको यात्रा’ नारा दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार