Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेकपा एसका दार्चुला इन्चार्ज र बैतडीका अध्यक्षसहित दर्जनौँ नेता एमाले प्रवेश



विराटनगर : नेकपा एमालेले आजदेखि सुरु गरेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ का क्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

बैतडीमा आयोजित बृहत आमसभामा नेकपा एकीकृत समाजवादीका पार्टीका केन्द्रीय सदस्य एवम् दार्चुला इन्चार्ज नरेन्द्र विष्टसहितका नेता एमाले प्रवेश गरेका हुन् ।

बिष्टसँगै एसका बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, नेपाली कांग्रेस महासमिति सदस्य तथा पाटन नरगरपालिकाकी पुर्वउपमेयर सरस्वती कोली पनि एमाले प्रवेश गरेका छन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताले पार्टीमा स्वागत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार