विराटनगर : उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले पालिकालाई समृद्ध बनाउन एउटै पुस्तामा गाउँलाई समृद्ध बनाउने अभियान सञ्चालन गर्ने बताएका छन् ।
जिल्लाको सदरमुकाम गाईघाटमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै राईले एउटै पुस्तामा गाउँलाई समृद्ध बनाउन चाडै महाअभियान सञ्चालन गर्ने बताए ।
लिम्चुङबुङलाई कृषि र पर्यटनको हब बनाउन पालिकाले काम गरिरहेको बताउँदै उनले कृषि र पर्यटनमा प्रचुर सम्भावना रहेको बताए । उनले भने, हाम्रोमा कृषि र पर्यटनको बढी सम्भावना छ । हामीले यसमा काम पनि गरिरहेका छौँ । शिक्षा र स्वास्थ्यमा पनि सुधार भइरहेको छ ।’
उनका अनुसार एमबिबिएस डाक्टरको सहयोगमा पालिकाले २४ सैँ घण्टा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
गाउँपालिकाले अध्यक्ष कृषि उत्पादन कार्यक्रम मार्फत स्थानीय उत्पादनको प्रवद्र्धन गरिरहेको उनले बताए । त्यसका लागि स्थानीय स्तरमा हाट बजार पनि सञ्चालन हुने गरेका छन् ।
यस्तै गाउँमा अवसर र रोजगारी सिर्जना गर्नका लागि पालिकाले ठोस योजना बनाएर कृषि र पर्यटनमा लगानी बढाउने अध्यक्ष राईको भनाइ छ । पालिकासम्म पुग्ने करिब ३४ किलोमिटर पक्की सडक निर्माण भए समृद्ध लिम्चुङबुङ बनाउन थप सहयोग पुग्ने उनले बताए ।