Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

समानुपातिक सांसदलाई हेला गरियो : श्रेष्ठ



विराटनगर : कोशी प्रदेशसभाकी एमाले सांसद मिना श्रेष्ठले समानुपातिक प्रणालीबाट आएका महिला सांसदहरुलाई हेप्ने गरेको गुनासो गरेकी छन् ।

मंगलबार अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन गर्न सदनमा प्रस्तुत भएको विनियोजन विधेयकमाथि छलफल गर्ने क्रममा सांसद श्रेष्ठले आफूहरु हेप्ने गरेको गुनासो गरिन् ।

उनले भनिन्, ‘यो संसदभित्र र बाहिर हामी समानुपातिकबाट आएका महिला सांसदहरुलाइ हेपिन्छ, हामीलाई हेर्ने दृष्टिकोण फरक छ ।’

सरकारले महिला सांसदहरुले माग गरेको योजनाहरु सरकारले कटौती गरेको बताइन् । ‘सरकारले २५ लाखभन्दा माथिका मात्रै योजना समावेश गर्ने भनेर कार्यक्रम माग गरेपछि हामीले योजना पेस गर्यौ तर बजेटमा मनपरी ढंगले बजेट काटिएको छ,’ उनले भनिन्, ‘सरकारले आफूले चाहेको ठाउँमा भने ५/१० लाखका योजना पनि समावेश गरेको छ । सरकारले भनाइ एकातिर र गराइ अर्कैतिर छ ।’

यस्तै उनले अनावश्यक ठाउँमा बजेट हाल्न छाडेर तत्लो तहका जनतासँग प्रत्यक्ष जोडिने गरी योजना र कार्यक्रम बनाउन सरकालाई सुझाव समेत दिएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार