विराटनगर : नेकपा एमालेकी कोशी प्रदेशसभा सदस्य सिर्जना राईले सरकारले प्रदेशमा गुरुयोजनाहरु काटेर पहँुचको आधारमा मात्र बजेट राख्ने काम गरेको आरोप लगाएकी छन् ।
सोमबार प्रदेशसभाको विषेश समयमा बोल्दै उनले सरकारले कुनै ठोस योजना नबनाई हचुवाको भरमा बजेट ल्याउने काम गरेको बताइन् ।
सरकार समग्र प्रदेशको विकासलाई छाडेर शक्तिको भरमा योजना छनोट गर्न अग्रसर रहेको उनको भनाइ छ । उनले भनिन्, बजेट बनाउँदा प्राथामिकताका आधारमा बनाउनुपर्छ, सरकारले यो कुरामा ध्यान दिनुपर्छ ।
यस्तै उनले सम्झौता गरिएका कार्यक्रमहरु सम्पन्न भइसक्दा समेत भुक्तानी पाउन नसकेको बताउँदै कागजात पेस गर्दासमेत सरकारले भुक्तानी दिन नसक्नुको कारण के हो ? भन्दै प्रश्न गरेकी छन् ।
आम्दानी बढाउन जल, जमिन र जंगलबाट लिइन सक्ने फाइदाबारे सरकारले योजना बनाउनुपर्ने सांसद राईको भनाइ छ ।