Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अनेरास्ववियुका नेता विवेक बानियाँमाथि खकुरी प्रहार



विराटनगर : नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ताप्लेजुङ जिल्ला कमिटीका सहसंयोजक विवेक बानियाँमाथि खकुरी प्रहार भएको छ ।

बानियाँलाई स्थानीय ठेकेदार प्रेम मावोले लेनदेनको विषयमा फुङ्लिंग नगरपालिकास्थित पाथिभरा होटलमा खुकुरी प्रहार गरेका हुन् ।

उनी कोशी प्रदेशसभा सदस्य तीलकुमार मेन्याङ्वोका स्वकीय सचिवसमेत हुन् । मावोले दिनुपर्ने ९ लाख २० हजार रूपैयाँ बानियाँले ताकेता गरिरहेकोमा मावोले दिएको चेक नसाटिएपछि उनले केही दिनअघि चेक बाउन्सको मुद्दा दायर गरेको बताइएको छ ।

मुद्दा दायर गरेपछि हिजो सो विषयमा दुई पक्षबीच छलफल भएको थियो । आज भने होटल अगाडि खेदाईखेदाई खुकुरी हानिएको प्रहरीले बताएको छ ।

बानियाँको जिल्ला अस्पताल ताप्लेजुङ्गमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार