विराटनगर : कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार आज राति अष्ट्रेलिया जाने भएकी छन् । वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत उनी अष्ट्रेलिया जान लागेकी हुन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुख आज अष्ट्रेलिया जाँदै छन् । भ्रमण टोलीमा १२ जना छन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को संसद् सहयोग परियोजनाअन्र्तगत अध्ययन भ्रमणका लागि उनीहरु त्यहाँ जान लागेका हुन् । युएनडिपी नेपाल र संघीय संसद् सचिवालयबीच समझदारी भई संघीय संसद् र प्रदेश सभाहरुमा संसद् सहयोग परियोजना सञ्चालित छ।
प्रतिनिधिमण्डलले अष्ट्रेलियाको संसद र न्यू साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदहरूमा विभिन्न भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम गर्नेछ ।