विराटनगर : जनता समाजवादी पार्टी (जसपा) मोरङ जिल्ला समितिको अध्यक्षमा राजकुमार यादव चयन भएका छन् ।
बिहीबार जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमले यादवको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन गरेको हो ।
समितिको उपाध्यक्षमा महेश्वर यादव, मन्तलाल यादव सचिवमा रछामी किराती उपसचिव दिनेश साह, विनोद सिंह गनगाईं र कोाषाध्यक्षमा बिनिता सिंह चयन भएका छन् ।
जसपाका राजनीतिक समिति सदस्य एवम् कोशी प्रदेश समितिका सह इन्चार्ज रामविलास यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशेष अतिथिको रुपमा राजनीतिक समिति सदस्य जयराम यादव, अञ्जु खड्का, सुरेश सिंह गनगाईंको उपस्थिति रहेको थियो ।