विराटनगर : कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई बुधबार नै मुख्यमन्त्री केदार कार्कीले शपथ गराएका छन् ।
विराटनगर ८ निवासी आचार्य डा. शेखर कोइराला निकट हुन् ।
आचार्यले कांग्रेसको तत्कालीन सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सचिवालयमा पनि काम गरिसकेका छन्।