Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा संसदीय समिति चयनको प्रक्रिया सुरु, दलहरुले पठाए सदस्यको नाम



विराटनगर : काशी प्रदेशमा संसदीय समिति चयनको प्रक्रिया सुरु भएको छ । प्रदेशसभाको निर्वाचन भएको करिब एक वर्षपछि समिति चयनको प्रक्रिया सुरु भएको हो ।

कोशी प्रदेशमा ७ वटा विषयगत समिति छन् । प्रदेशमा न्याय, प्रशासन तथा विधायन समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति, सुशासन तथा योजना समिति, सामाजिक विकास समिति, अर्थ समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र सार्वजनिक लेखा समिति छन् ।

प्रदेशसभामा रहेका राजनीतिक दलहरुले सात वटै समितिमा आफ्नो दलको तर्फबाट सदस्यहरुको नाम प्रदेशसभा सचिवालयमा पठाएका छन् ।

‘मिनी संसद’ भनिने संसदीय समितिहरुमा दलहरुले सदस्यको नाम पठाएसँगै अब नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ ।

कोशी प्रदेशमा ९३ जना सांसद छन् । प्रदेशमा उपसभामुखसहित एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका एक सांसद छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार