Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले कोशीको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग गर्ने



विराटनगर : नेकपा एमाले कोशी प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ।

गत शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी जनधन गुमाउन पुगेका नागरिकका परिवारलाई सहयोग गर्ने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

सोमबार विराटनगरमा बसेको संसदीय दलको बैठकले सांसदको पारिश्रमिकबाट कट्टा हुनेगरी उक्त रकम सरकारको राहत कोषको खातामा जम्मा गर्ने निर्णय भएको भण्डारीले बताए । रकम भने सार्वजनिक गरिएको छैन् ।

कोशीमा एमाले सबैभन्दा ठूलो दल हो । यहाँ एमालेका उपसभामुखसहित ४० जना सांसद छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार