विराटनगर : नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । सोमबार बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिएपनि समर्थन कायम राख्ने निर्णय गरेको एमाले सांसद मिना श्रेष्ठले जानकारी दिइन् ।
श्रेष्ठका अनुसार आजदेखि एमाले प्रतिपक्षको बेन्चमा बस्नेछ ।
शुक्रबार मुख्यमन्त्री केदार कार्कीले एमालेको सहमति विपरीत नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जगेबुलाई मन्त्री बनाएपछि एमालेले सरकार छाडेको हो ।
मुख्यमन्त्रीले गठबन्धन दलबाट मन्त्री थप गरेपछि एमालेले आफ्नो मन्त्रीलाई फिर्ता बाृेलाएको थियो । कार्की नेतृत्वको सरकारमा एमालेबाट राम बहादुर राना सहभागी थिए ।