विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
गठबन्धनको निर्णयविरुद्ध विद्रोह गर्दै नेकपा एमालेसँग मिलेर मुख्यमन्त्री बनेका कांग्रेसका कार्कीले नेकपा माओवादीका गणेश उप्रेती र नेकपा एसबाट कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरेका हुन् ।
उनीहरुले शपथग्रहण्हसमेत गरिसकेका छन् । उनीहरुलाई मन्त्रालयको जिम्मेवारी दिन बाँकी छ ।
उप्रेती माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका थिए । कमल जवेगु भने पाँचथरबाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।