विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
गठबन्धनको निर्णयविरुद्ध विद्रोह गर्दै नेकपा एमालेसँग मिलेर मुख्यमन्त्री बनेका कांग्रेसका कार्कीले नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सामेल गराउन लागेका हुन् ।
केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको दबाब थेग्न नसकेपछि माओवादी र एकीकृत समाजवादीलाई मुख्यमन्त्री कार्कीले सरकारमा सहभागी गराउन लागेका हुन् ।
कार्कीले आजै माओवादीबाट गणेश उप्रेती र नेकपा एसबाट कमलप्रसाद जगेबुलाई मन्त्री बनाउन लागेका छन् ।
कार्कीसँगै विद्रोह गरेका कांग्रेस सांसद तथा प्रदेशका मन्त्री शमशेर राईले दुई जनालाई मन्त्री बनाउन लागेको बताए । उनका अनुसार उनीहरु आजै नियुक्त हुने सम्भावना छ ।