Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सौँठा सहकारीको अध्यक्षमा भरत कार्की निर्विरोध निर्वाचित



रतुवामाई : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर – ६ मा रहेको सौँठा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भरतमणी कार्की निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक भीमप्रसाद लुइटेलका अनुसार अध्यक्ष पदमा कार्कीको एकल उम्मेदवारी परेपछि उनलाई निर्वाचित भएको घोषणा गरिएको हो ।

कार्कीसँगै उपाध्यक्षमा खगेन्द्र भट्टराई पनि निर्विरोध निर्वाचित भएका छन् ।

लेखा सुपरिवेक्षक समितिमा भने सबै पदमा सर्वसम्मत भएको छ । जसको संयोजकमा पूर्णबहादुर पौडेल र सदस्यहरुमा चुडामणी थापा, बुद्धिबहादुर अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

सञ्चालक समितिका अन्य पदमा भने आज निर्वाचन हुँदे छ । सहकारीको १६ औँ वार्षिक साधरण सभाले नयाँ सञ्चालक समिति र लेखा समिति चयन गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार