Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आङ्बोलाई मुख्यमन्त्री बनाउने भएपछि कोशीमा नयाँ अभ्यास गर्यौ : कोइराला



विराटनगर : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले माओवादीलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि कोशीमा नयाँ राजनीतिक अभ्यास गरिएको बताएका छन्।

बुधबार कांग्रेस कास्की क्षेत्र नम्बर १ को सम्मेलन उद्घाटन गर्दै उनले कांग्रेसकै केही नेताले नेकपा माओवादी केन्द्रका नेताहरूसँग कोशीमा माओवादीकै इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन भनेपछि नयाँ अभ्यास गर्नु परेको कोइरालाले बताए।

‘कांग्रेसका नेताहरू नै माओवादी सामु गएर तिम्रो पार्टीको यो मानिसलाई मुख्यमन्त्री बनाऊँ भनेकोले कोशीमा नयाँ राजनीतिक अवस्था सिर्जना हुन पुग्यो,’ कोइरालाले भने, ‘कांग्रेसकै नेताले मुख्यमन्त्री माओवादीलाई दिने कुरा कसरी हामीले मान्न सकिन्छ? कोशीमा नयाँ अभ्यास गरियो, हेरौं कसरी अगाडि बढ्छ।’

तर केन्द्रमा भने अहिलेकै गठबन्धन जारी रहने उनले बताए। ‘केन्द्रमा भने अहिलेकै गठबन्धन जारी रहन्छ,’ कोइरालाले भने। कोशीमा अहिलेसम्म कांग्रेस र एमालेबाट मात्रै मन्त्री छन्। मुख्यमन्त्री कार्कीलाई राप्रपाबाहेक दलले विश्वासको मत दिएका थिए। तर मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ गरिरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार