विराटनगर : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश गरेकी छन् ।
विश्वकर्मालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । उनी पूर्व सांसदसमेत हुन् ।
उनी माओवादीबाट २०६३ सालमा सांसद भएकी थिइन् ।
मंगलबार ओली निवास बालकोटमा भएको पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य गिरधारीलाल न्योपाने, जिल्ला अध्यक्ष डम्मर शर्मा लगायत सहभागी थिए।