विराटनगर : जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।
मंगलबार इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिए ।
जसपाले मुख्यमन्त्री केदार कार्कीलाई भने विश्वासको मत दिएको थियोे । प्रदेशमा निर्मला लिम्बू जसपाकी एक्ली सांसद छिन् ।