Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा माओवादीले केदार कार्कीलाई विश्वासको मत दिने



विराटनगर : केन्द्रीय गठबन्धन र नेपाली कांग्रेसको निर्णयविरुद्ध एमालेसँग सहकार्य गरेर कोशी प्रदेशमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ ।

केन्द्रमा गठबन्धनको शीर्ष नेतृत्वबिच कोशीको मुख्यमन्त्री माओवादीलाई दिने सहमति विपरीत डा. शेखर कोइराला समूहका कार्कीसहित ८ सांसदले विद्रोह गरेका थिए ।

नेकपा एमालेका ३९ र शेखर समूहका ८ सांसदको समर्थनमा शनिवार मुख्यमन्त्री बनेका कार्कीले कांग्रेसका शमशेर राई र एमालेका राम राना मगरलाई मन्त्री बनाइसकेका छन् । उनले बुधवार विश्वासको मत लिँदै छन् ।

सोमबार बसेको माओवादी केन्द्र प्रदेश समन्व्य समिति बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको हो ।  माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले केदार कार्कीलाई विश्वासको मत दिने निर्णय भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार