Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशः एमालेबाट राना र कांग्रेसबाट राई बने विनाविभागीय मन्त्री



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शपथ ग्रहण गरे लगत्तै दुई जना मन्त्री नियुक्त गरेका छन् ।

कार्कीले नेकपा एमालेबाट राम बहादुर राना मगर र कांग्रेसबाट शमशेर राईलाई मन्त्री नियुक्त गरेका हुन् । राना र राई दुवै जना इलामका हुन् ।

उनीहरूको जिम्मेवारी भने तोकिएको छैन ।

पार्टी केन्द्रको निर्णयविरुद्ध विद्रोह गर्दै कांग्रेसका आठ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा शनिवार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तीन सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

यसअघि एमालेबाट झापाका एकराज कार्की र भोजपुरकी सिर्जना राईलाई पनि मन्त्री बनाउने तयारी गरेको चर्चा चलेको थियो । तर, एमालेबाट मन्त्री थप गर्दा कांग्रेसको विद्रोही पक्षबाट पनि थप गर्नुपर्ने भएकाले अहिलेलाई मन्त्री नथपिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार