Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ



विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले शपथ लिएका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।

त्यस्तै, दुई जना मन्त्री पनि नियुक्त भएका छन्। मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपाली कांग्रेसबाट शमशेर राई र नेकपा एमालेबाट राम राना मगरलाई मन्त्री नियुक्त गरेका हुन्। उनीहरूको जिम्मेवारी तोक्न भने बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार