Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा एमालेबाट तीन जना मन्त्री बन्दै



विराटनगर : कोशी प्रदेश सरकारमा नेकपा एमालेबाट तीनजना मन्त्री बन्ने भएका छन् ।

शनिबार संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कांग्रेसका सांसद केदार कार्कीले शपथ ग्रहण गर्ने बेला एमालेबाट ३ र कांग्रेसबाट एक जना गरी पाँच सदस्यीय मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

नेकपा एमालेबाट इलामका राम राना मगर, झापाका एकराज कार्की र भोजपुरकी सिर्जना राई मन्त्री बन्ने भएका छन् । यस्तै कांग्रेसबाट इलामका शमशेर राई पनि मन्त्री बन्दैछन् ।

यसअघि एमालेबाट राना र कार्कीलाई मात्रै मन्त्री बनाउने तयारी थियो । तर, अन्तिम समयमा राईलाई पनि मन्त्री बनाउन लागिएको हो ।

तीनै जना यसअघि प्रदेशको मन्त्री भइसकेका छन् । राना अघिल्लो कार्यकालमा शेरधन राई मुख्यमन्त्री हुँदा कृषिमन्त्री थिए । कार्की र राई यसअघिको हिक्मत कार्की सरकारमा मन्त्री थिए ।

अहिले प्रदेश प्रमुखको कार्यालयको शपथ ग्रहणको तयारी चलिरहेको छ ।

काँग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार