Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुख्यमन्त्री कार्कीको शपथ आज, एमालेबाट राना र कांग्रेसका राई मन्त्री बन्ने



विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई दिउँसो २ बजे शपथ ग्रहण गराउने तयारी गरेका छन् ।

काँग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा शनिवार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आजै सानो आकारको तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेर शपथ लिने तयारी गरेका छन् ।

कार्की निकट स्रोतका अनुसार आफूलाई समर्थन गरेकामध्ये नेकपा एमाले र काँग्रेसका एक/एक जनालाई मन्त्री बनाउने तयारी छ ।

काँग्रेसका विद्रोही सांसदमध्ये इलामका शमशेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री बन्ने सम्भावना रहेको छ ।

काँग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार