Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालयमा सांसदहरुको सनाखत सुरु



विराटनगर : कोशी प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि सांसदहरुको सनाखत सुरु भएको छ ।

अहिले नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरु सनाखत गरिरहेका छन् ।

केदार कार्कीको पक्षमा सनाखत गराउन कांग्रेसका ८ र एमालेका ३९ सांसदको अहिले प्रदेश प्रमुखको कार्यालयमा बसिरहेका छन् ।

उनीहरु बिहान ८ बजेबाट नै भेला भएका हुन् ।

प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङले सांसदहरुको सनाखत गर्नका लागि बिहान ८ बजेदेखि २ बजेसम्मको समय तोकेका छन् ।

मुख्यमन्त्रीका लागि केदार कार्की र इन्द्र आङबोको पक्षमा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले सनाखत गर्ने निर्णय लिएका थिए ।

तर, आङबोका लागि कांग्रेसका केही सांसद सनाखतमा अनुपस्थित हुने बुझिएको छ । आङ्बोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका भनिएका ५ जना सांसद विभिन्न बहाना बनाएर सनाखतका लागि नजाने भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार