Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

केदार कार्कीलाई मुख्यमन्त्रीको दाबी फिर्ता लिन कांग्रेसको आग्रह



विराटनगर : पार्टीको आधिकारिक निर्णयविरुद्ध विद्रोह गर्दै नेकपा एमालेसँग मिलेर कोशी सरकारको दाबी गरेका केदार कार्कीलाई दाबी फिर्ता लिन नेपाली कांग्रेसले आग्रह गरेको छ ।

शुक्रबार विराटनगरमा बसेको नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले कार्की र उनलाई मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको हो ।

कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले केदार कार्कीलाई दाबी फिर्ता लिन आग्रह गरेको जानकारी दिए ।

प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई बनाउने सहमित भएको थियो । तर, कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले एमालेसँग सिमलेर दाबी पेस गरेपछि यतिबेला कांग्रेसमा विवाद बढिरहेको छ ।

यी हुन् बैठकका निर्णयहरू :

१) संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई अनुरोध गरियो ।
२) केदार कार्की र केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने  अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरियो ।
३) पार्टीलाई एकतावद्ध बनाउन कोसी संसदीय दललाई अनुरोध गरियो ।
४) केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार