Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा सत्ताको खेलः कांग्रेसको विद्रोही समूह सांसद थप्ने तयारीमा



विराटनगर : कोशी प्रदेश सरकारको गठनमा अप्रत्यासितरुपमा कांग्रेसको विद्रोही र नेकपा एमालेबीच गठबन्धन बनेपछि गठबन्धनभित्रै विवाद सिर्जना भएको छ।

नेपाली कांग्रेसका डा. शेखर कोइराला निकट सांसदहरुले विद्रोह गरेर मुख्यमनत्रीको दाबी गर्दै ४७ जनाको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएपछि गठबन्धनमा विवाद भएको हो ।

संवैधानिक र कानुनी दृष्टिकोणले कार्कीको दाबी सही भएपनि प्रदेश प्रमुखले चलखेल गर्ने सम्भावना रहेको छ । यहबिीचमा कांग्रेसका संस्थापन पक्षले केदार कार्कीलाई सही गरेका केही सांसद फिर्ता गराउने दबाब सिर्जना गरेको छ ।

प्रदेशसभाका एक जना सांसदले भने, ‘हामी जसरी पनि केही सांसदलाई फिर्ता गर्ने तयारीमा छौँ ।’

यता, विद्रोह गरेका सांसद रामकुमार खत्रीले सही गरेका सांसदमा कुनै गडबडी नहुने बरु केही सांसद थप्ने तयारी भएको बताए । ‘साथीहरु हामी पनि साथमा छौँ भन्दै आउनुभएको छ । दुईचार जना हामी थप्छौँ,’  उनले भने, ‘अब केदार कार्कीलाई नबनाउनुको विकल्प छैन् ।’

यता संस्थापन पक्षले रातिदेखि नै सांसदहरुलाई खोजीनीति गर्ने र दबाब दिने काम गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार