Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शिक्षा विधेयकले आजको समाज बदल्न सक्दैन, तस्करहरूको केन्द्र बन्यो : पोखरेल



विराटनगर : नेकपा एमाले सांसद ऋषिकेश पोखरेलले विद्यालय शिक्षा विधेयकले आजको समाज बदल्न नसक्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयकमाथि आफ्नो धारणा राख्ने क्रममा सांसद पोखरेलले सरकारले शिक्षालाई मानव समाजको उन्नतीका लागि अनिवार्य हुन्छ भन्ने नठानेको आरोप लगाए ।

उनले अहिलेको शिक्षा क्षेत्र तस्करहरूको केन्द्र बनेको समेत बताए ।

सरकारले शिक्षा क्षेत्रलाई व्यापार र उद्योग ठानेका कारण शैक्षिक क्षेत्र मानव तस्करहरूको केन्द्र बनेको बताउँदै उनले भने, ‘त्यस कारण आजको शिक्षा क्षेत्र बिरामी पर्यो ।’

‘शिक्षाको अर्थ चेतना हो । चेतना ज्ञानमा बदलिन्छ । ज्ञानले सापेक्षतालाई परिवर्तन गर्छ । हामी यो समाज र परिस्थितिलाई बदल्न चाहन्छौँ’, उनले भने, ‘तर यो विधेयकले आजको समाज बदल्न सक्छ ? मेरो बुझाइमा सक्दैन ।’
उनले सरोकारवालासँग छलफल गरेर सरकारले यो विधेयकलाई फिर्ता लिएर नयाँ विधेयक ल्याउनुपर्ने बताए ।

यस्तै सांसद पोखरेलले अवकाश प्राप्त शिक्षक, प्राध्यापक, डाक्टर, इन्जिनियर र विज्ञलाई घरमा राखेर तलब दिनेभन्दा पनि उनीहरूको योग्यता, अनुभव, ज्ञान र सिपलाई प्रयोग गरेर पाठ्यक्रम निर्माण तालिम, अनुसन्धान, विश्व बजारको अध्ययन र भोलिको आवश्यक्ताका लागि प्रयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार