विराटनगर : नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
पदाधिकारी र केही सदस्यको मतगणना सम्पन्न भएको २४ घण्टापछि बाँकी सदस्यहरुको मतगणना सम्पन्न भएको हो ।
एमालेको प्रथम कोशी प्रदेश अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ जना प्रदेश कमिटीको सदस्यमा निर्वाचित भएका छन् ।
९९७ जना प्रतिनिधि रहेको कोशी अधिवेशनमा ९७७ जनाले मतदान गरेका थिए । मतदानमा २० जना अनुपस्थित रहेका थिए ।
अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । उपाध्यक्षमा टिका चेम्जोङ, सचिवमा राजकुमार भण्डारी र दुई उपसचिवमा देवान राई र जलवर्षा राजवंशी निर्वाचित भएका छन् ।
हेर्नुहोस् निर्वाचितको नामावली :