Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले कोशी प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा शपथ ग्रहण



विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित कमिटीका सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।  विराटनगरस्थित होटेल कन्चनजंगामा आज पाँच पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका हुन् ।

एमाले केन्द्रीय सचिव तथा प्रदेश इनचार्ज रघुवीर महासेठले शपथ ग्रहण गराएका हुन् ।

एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । उपाध्यक्षमा धनकुटाका टीका चेम्जोङ, सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन् ।

उपसचिवमा देवान राई र जलवर्षा राजवंशी निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार