विराटनगर : नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।
खतिवडा ५१२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी विनोद ढकालले ४३९ मत ल्याए ।
उपाध्यक्षमा धनकुटाका टीका चेम्जोङ निर्विरोध निर्वाचित भइसकेका छन् ।
सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन् ।
उपसचिवमा देवान राई र जलवर्षा राजवंशी निर्वाचित भएका छन् ।