विराटनगर : नेकपा एमालेले कोशी प्रदेश अधिवेशनमा सर्वसम्मत तरिकाले नेतृत्व चयनको प्रयास गरे पनि सफल हुन नसकेपछि मतदानबाट नेतृत्व छनोट हुने भएको छ।
उम्मेदवारी दर्तापछि उम्मेदवारहरु अहिले मत माग्न व्यस्त छन् । निर्वाचन समितिले उम्मेदवाररुको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
उम्मेदवारहरु स्वयम आफ्नो प्रचारमा लागिरहेका छन् । उम्मेदवारहरुका शुभचिन्तकहरुले उम्मेदवारको पर्चा बाढ्न सुरु गरेका छन् ।