Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले कोशीको उपाध्यक्षमा चेम्जोङको मात्र उम्मेदवारी



विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको उपाध्यक्षमा टीकाराम चेम्जोङको एकल उम्मेदवारी परेको छ ।

प्रदेश राजधानी विराटनगरमा शुक्रबारदेखि जारी नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा प्रदेश कमिटी उपाध्यक्षका लागि उनको मात्र उम्मेदवारी परेको हो ।

उनी यसअघि पनि प्रदेश कमिटीको उपाध्यक्ष थिए ।

चेम्जोङ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित सांसद हुन् । धनकुटाको चौबिसे निवासी चेम्जोङ कोशीमा एमालेको बलियो पकड भएका नेता हुन् । २०५४ सालपछि देशभर माधव नेपाल समूहको दबदबा भइरहँदा पनि धनकुटामा उनकै नेतृत्वमा ओली समूहले जिल्लाको नेतृत्व गरेको थियो ।

उनी २०४९ सालमा जिल्ला विकास समितिको उपसभापति, २०५४ सालमा जिल्ला विकास समिति सभापति निर्वाचित भएका थिए।

२०५४ सालमा पार्टी उपसचिव र २०५७ सालमा सचिवमा निर्वाचित भई २०६६ सम्म एमाले धनकुटाको नेतृत्व गरिसकेका नेता हुन् । यसअघि उनले अध्यक्षमा दाबी गर्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार