Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा कांग्रेसले हिक्मत कार्कीलाई विश्वासको मत नदिने



विराटनगर : नेपाली कांग्रेसले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

शुक्रबार विराटनगरमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेसले मुख्यमन्त्री कार्कीले पेस गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले जानकारी दिए ।

कार्की भदौ २२ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन् । संवैधानिक व्यवस्थाअनुसार उनले असोज २० गतेभित्र विश्वासको मत लिनुपर्ने अवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार