Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कानूनमन्त्री अधिकारी बने कोशी सरकारको प्रवक्ता



विराटनगर : कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नवनियुक्त आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई सरकारको प्रवक्ता तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

मोरङको क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित अधिकारीलाई मुख्यमन्त्री हिक्मत कार्कीले गत सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गरेका थिए ।

अधिकारी भीम आचार्य नेतृत्वको अघिल्लो मन्त्रिमण्डलमा पनि आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार