विराटनगर । झापा,मोरङ र सुनसरीलाई कोचिला प्रदेश बनाउनु पर्ने माग राख्दै राजवंशी समुदायले पहिचानको संयुक्त आन्दोनबाट अलग्गिएको छ ।
पहिचानवादी आन्दोलनबाट अलग हुदै कोचिलाको माग राखेको छुट्टै आन्दोलन थालेको हो ।
झापा, मोरङ र सुनसरीका कोचिला समुदायले प्रदेशको नाम लिम्बूवान–किराँत नमान्ने जिकिर गरेका छन् ।
सो समुदायले कोचिला एकता संयुक्त सङ्घर्ष समिति गठन गरेका छन् । झापाका ८ वटा पालिकामामा समिति बनाएर गनगाई, ताजपुरिया मेचेलाई पनि समेटिएको छ ।
प्रदेशको नाम कोशी राखेसँगै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । प्रदेश १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजीको आन्दोलन गरिरहँदा सुरुमा सो समुदाय पनि सँगै आन्दोलनमा थियो ।