विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेसँगै सम्भावित मन्त्रीको चर्चा सुरु भएको छ ।
स्रोतका अनुसार मोरङका लिलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई मन्त्री बन्ने पक्का भइसकेको छ ।
अधिकारी यस अगाडी भीम आचार्यको मन्त्रिमण्डलमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री थिए । त्यस्तै बुद्धिकुमार राजभण्डारी कार्कीकै मन्त्रिमण्डलमा सामाजिक विकास मन्त्री थिए । भने राम प्रसाद मेहता र निरन राई यसअघि पनि मन्त्रीको दाबी गर्दै आएका थिए ।
मन्त्रीको लाइनमा रहेका अधिकारीले आफु अहिले बुबाको उपचारमा अस्पतालमा रहेको र मुख्यमन्त्री ज्युले बोलाएकाले त्यता जान लागेको बताए । उनले मन्त्री बनाउने नबनाउने टुङ्गो नभएको बताए ।