Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश सरकारले कर्मचारीलाई २०० खाजा भत्ता दिने



विराटनगर : कोशी प्रदेश सरकारले यसअघि कर्मचारीलाई दिँदै आएको दैनिक १०० रुपैयाँ खाजा भत्ता बढाएर दैनिक २०० रुपैयाँ पुर्याएको छ ।

आइतबार बसको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा खर्च दिने निर्णय गरेको हो ।

प्रदेश सरकारका ऊर्जामन्त्री तथा प्रवक्ता तिलकुमार मेन्याङ्बोका अनुसार विद्युतीय हाजिरका आधारमा हाजिर भएको दिनको मात्र कर्मचारीले खाजा खर्च पाउने छन् ।

बैठकले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको दुःखद र असामयिक निधनप्रति दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार