Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दाग बत्ती पर्खने चिताहरु !!



गणेश उप्रेती ‘शुशिल’
  • शशीकिरण

आज भोलि मेरो देशमा,
चिताहरु छिटो जल्न मान्दैनन ।
अझ देश बनाउने कसम खाएका ,
मुल्यवान चिताहरु झन मान्दैनन।
चिता छिटो जलाउनु पर्छ ,
येस्तो शास्त्र पढेर हुर्केको मेरो देश ,
गजबको अलमल बोकेर बाच्दैछ!

मुल्यवान चिताहरु दागबत्ती पर्खन्छन,
अमेरिका, अस्ट्रेलिया र जापानको !

कम मुल्यवानहरु पर्खन्छन ,
दुबई , मलेसिया र कतारको ।
चिताहरुको सामजिक मुल्य तोकिदैछ ,
दागबत्ती पर्खाइका घडीका पल्लामा!

एउटा अदभूत जिज्ञासा् कराउँदै छ ,
के बन्यो मेरो देश !

मलामीका निरस अनुहारहरु हेर्दै
देश समृद्धिका सपना कुदेर ,
जिबन समर्पित गर्ने चिताहरु ,
जब आफ्नै दागबत्तीको पर्खाइमा ,
शान्त सौम्य चिर निन्द्रामा बस्छ !

उप्रेती कोशी प्रदेशका प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रदेश सचिव हुन् । शशिकिरणको कविता संग्रह ‘बधाई छ’ प्रकाशित छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार