Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आगामी निर्वाचनमा एमालेको कसैसँग गठबन्धन हुँदैन : अध्यक्ष ओली



विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको परिणाम जे आए पनि संसदीय चुनावमा एमाले नै देशको पहिलो पार्टाी हुने दाबी गरेका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आगामी निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धामा जाने बताए । उनले यहीले सरकारमा रहेका कुनै पनि दलसँग सहकार्य नहुने बताए

नेकपा एमालेबाट मोरङमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई शुभकामना दिन शुक्रबार ओली विराटनगर आएका हुन्।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार