विराटनगर : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर जातिय दंगा भड्काउने प्रयास भएको भन्दै आफु सचेत रहेको बताएका छन् ।
विराटनगरमा अहिले जारी समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रिया वादी, धार्मिक अतिवादी र गणतन्त्र विरुद्ध लाग्नेहरुले प्रदेश नामाकरणको विषयलाई मुठभेदमा बदल्न खोजेको बताउँदै विवाद र मुठभेदबाटभन्दा सहमतीबाट प्रदेशको नामाकरण विवादको अन्त्य गर्नुपर्ने बताए । यसका लागि सबै दल मिलेर वार्तामा बस्नुपर्ने उनको भनाइ छ ।
अर्को प्रसंङ्गमा प्रचण्डले भ्रष्टाचार विरुद्ध एक्सन लिएपछि सरकार विरुद्ध विभिन्न चालबाजी सुरु भएको बताएका छन् । उनले आफुले धमाधम भ्रष्टचारका फाइल खोल्न थालेपछि सरकार विरुद्ध विभिन्न खेल सुरु भएको बताएका छन् ।
सरकारले नक्कली सरणार्थी, ललिता निवास, सुन काण्डका फाइल खोलेर भ्रष्टचारको विरुद्धमा खुद्रा काम नभएर ठूलो योजनामा काम गरिरहेको उनले बताए । उनले भने ‘ म सरकारमा जतिदिन टिके पनि भ्रष्टचारका विरुद्धमा काम गरिरहन्छु ।’
संयुक्तराष्ट्रसंघको महासभामा सहभागी हुन चाडै अमेरिका जान लागेका प्रचण्डले त्यहाँ शान्ति प्रकृया टुङ्ग्याउनका लागि अपिल गर्ने बताए । त्यसको लगतै चिनको भ्रमणमा दुईदेशको व्यापार घाट काम गर्न छलफल गर्ने, कोरोल्ला नाका र रसुवागढी नाका सञ्चालनका लागि पहल गर्ने, कृषि र प्राविधिक सहयोगका विषयमा कुरा गर्ने बताए ।