विराटनगर । जसपाका अध्यक्ष उपेन्द्र यादवले सत्ताको फोहोरी खेलका कारण गणतन्त्र संस्थागत हुन नसकेको बताएका छन् ।
विराटनगरमा अहिले जारी समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै यादवले सत्ताको खेलका कारण संघियता कमजोर बन्दै गएका बताए । उनले राजनीतिक खिचातानीका कारण आवश्यक कानुनहरु निमार्ण हुन नसक्दा संघियताको जग कमजोर भएको जिकिर गरे । संघिय निजामती ऐन, संघिय शिक्षा ऐन, संघिय प्रहरी ऐन जस्ता महत्वपूर्ण कानुनहरु निमार्ण हुन नसक्दा देशमा सुशासन कायम हुन नसकेको उनको भनाइ थियो ।
देशमा सुशासन कायम नहुदा भ्रष्टचार बढेको, बेतिथी मौलाएको, जताततै अराजकता बढेको र शिक्षा, स्पास्थ्य जस्ता आधारभुत सेवाहरु चौपट्ट भएको उनको भनाइ थियो । वितेका १६ वर्षमा १३ ओटा सरकार बनेको स्मरण गर्दै यादवले सरकार परिवर्तनले देशको विकास हुन नसक्ने बताए ।