तस्विरः जिल्ला प्रहरी कार्यालय माेरङ
विराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिएको छ । अपरान्ह तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा बजारको ४३ स्थानमा विश्राम गराइनेछ ।
रथयात्राका लागि ५ सय बढी स्वयंसेवक परिचालन हुनेछन् भने सुरक्षाको लागि ५ हजार प्रहरी परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।
रथको अगाडि सांस्कृतिक झाँकीहरु प्रस्तुत भइरहेका छन्। रथयात्रा मन्दिर परिसरबाट मेनरोडको ट्राफिक चोक पुगेर जनआन्दोलन चोक हुँदै कोशी राजमार्गबाट बरगाछी पुगेर ९ किलोमिटर दुरी तय गरी पुनः मन्दिरमा पुगेर विर्सजन हुनेछ ।
रथ तान्न दुवैतर्फ ७५—७५ फिटको डोरी राखिएको छ ।
शंकास्पद गतिविधिमा सम्लग्न भएको आशंकामा ३८ जना प्रहरी नियन्त्रणमा
रथयात्राका क्रममा शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा ३० जना पुरुष र ८ जना महिला रहेका छ । पक्राउ परेका ३८ जनामध्ये ३२ जना भारतीय नागरिक छन् ।