Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेको प्रदेश अधिवेशन, एकै दिन प्रतिनिधि छनोट



विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको आगामी असोज १२ र १३ गतेका लागि हुने अधिवेशनको तयारी सुरु भएको छ । आइतबार विराटनगरमा बसेको प्रदेश कमिटीको बैठकले तयारी सम्बन्त्रि निर्णय गरेको हो ।

पार्टीले प्रदेश अधिवेशनमा प्रतिनिधि छनोटका लागि असोज ५ गते एकै दिन गर्ने निर्णय गरेको छ । सबै पालिका र तहमा एकै दिन प्रतिनिधि छनोट हुने प्रचार उपसमितिका संयोजक शैलेश लामाले जानकारी दिए ।

प्रदेशभरी करिब ११ सय प्रतिनिधि हुनेछन् । अहिलेका प्रदेश कमिटी सदस्यसमेत प्रतिनिधि हुन तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने प्रावधान राखिएको छ ।

अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति बनाइएको छ । मुल व्यवस्थापन समितिको संयोजक तुलसीप्रसाद न्यौपाने, प्रदेश अधिवेशन अनुगमन तथा निर्देशन समितिको संयोजक रघुविर महासेठलाई तोकेको छ ।

त्यस्तै राजनीति सांगठनिक प्रतिवेदन उपसमितिमा तुलसी न्यौपाने, प्रतिनिधि व्यवस्थापन समितिमा चिन्तन पाठक, आर्थिक परिचालन उपसमितिमा एलपी सावाँ, अथिति सत्कार उपसमितिमा टिकाराम चेम्जोङ, प्रचार उपसमितिमा शैलेश लामा, स्वास्थ्य सेवा उपसमितिमा घना तामाङ, खाद्यान्न व्यवस्थान उपसमितिमा महेश भट्टराई, आवास व्यवस्थापन उपसमितिमा रमेश बस्नेत, स्वयसेवक परिचालन उपसमितिमा विजय राई, हल तथा मञ्च व्यवस्थापन उपसमितिमा राजकुमार ओझा, यातायात व्यवस्थापन उपसमिति राजिव घिमिरे र सांस्कृतिक कार्यक्रम उपसमितिको संयोजकमा खेम नेपाली तोकिएका छन् ।

भदौ २० गते अगावै समितिहरुको बैठक बसिसक्नुपर्ने निर्णय भएको प्रदेश सचिव चिन्तन पाठकले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार