Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

देश आर्थिक संकटतर्फ धकेलिरहेका छ : ओली



विराटनगर : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश दिनानुदिन आर्थिक संकटतर्फ धकेलिरहेको बताएका छन् ।

शुक्रबार एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले विराटनगरमा आयोजना गरेको वर्तमान आर्थिक अवस्था – समस्या र समाधान बिषयक छलफल कार्यक्रममा बोल्दै ओलीले एमालेले सरकार छोडेपछि देशको अर्थतन्त्र पूरै तहसनहस भएको बताए ।

ओलीले औद्योगिक विकासका लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताए । उनले आफू नेतृत्वको सरकारले पूर्वाधार निर्माणदेखि हरेक क्षेत्रमा अभूतपूर्व काम गरेको दाबी गेरे ।

अहिले आर्थिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले दीर्घकालिन योजना बनाएर काम गर्नुपर्ने ओलीको भनाइ छ । एमालेको गन्तव्य समृद्ध नेपाल सुखी नेपाली भएको भन्दै उनले आफूहरु त्यो गन्तव्य पूरा गर्न लागि रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार